एमाले केन्द्रीय कमिटी बैठक : नागरिकता विधेयकबारे ६ बुँदे धारणामाथि छलफल

लोकपथ
13
Shares

काठमाडौं । नेकपा एमालेले बैबाहिक अंगीकृतको हकमा निश्चित समयपछि मात्रै नागरिकता दिनुपर्ने र त्यतिन्जेलका लागि परिचयपत्र दिनुपर्ने बताएको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बिहानदेखि केन्द्रीय कमिटी बैठक जारी छ ।

बैठकमा विभिन्न ११ एजेण्डामाथि छलफल भइरहेको छ । बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै एमाले अध्यक्ष ओलीले नागरिकता विधेयकबारे ६ बुँदे धारणा अघि सारेका छन् । नागरिकताका सम्बन्धमा संविधानमा गरिएको व्यवस्था कार्यान्वयन गर्न नयाँ ऐन बनाउनुपर्ने अध्यक्ष ओलीले धारणा राखेका छन् ।

उनले भनेका छन्, ‘यसका लागि विगतमा संसदमा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्वन्धित समितिमा यससम्बन्धमा भएका छलफल र निष्कर्षहरुलाई आधार बनाउनुपर्छ ।’

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?