खानेकुरा महंगियो, मूल्य बृद्धिदर २.९५% ले बढ्यो

काठमाडाैं : गत अार्थिक बर्षको तुलनामा यो बर्ष खाद्यान्नको मूल्य झन्डै दोब्बरले बढेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार गत साउनमा भन्दा यो साउनमा बार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फिती ४.२५% कायम भएको छ । अघिल्लो अार्थिक बर्षको साउनमा यो दर २.३५% मा सिमित थियो । 

मुद्रास्फीति बढ्नुमा खाद्यान्न र पेय पदार्थको मूल्य बढ्नु प्रमुख कारण रहेको केन्द्रीय बैंकले जनाएको छ। साउनयता खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.९५% ले बढेको छ ।

सूर्तिजन्य पदार्थ, यातायात, घरायसी सामान, फर्निसिङ तथा घरायसी उपकरण र अन्य विविध वस्तु र सेवाको मूल्य बढेको हो । 

पहाडमा ५.३५%, काठमाडाैं उपत्यकामा ३.५५%, हिमालमा २.७५% र तरार्इमा ४.१५% ले मुद्रास्फीति बढेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?