सरकार निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउनतर्फ लाग्नुपर्छ : प्रकाशमान सिंह

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार काठमाडौंमा भएको मंगलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन निष्पक्ष र धाँदलीरहित हुनुपर्नेमा जोड दिएका हुन् ।

उनले यसअघिका निर्वाचन पनि नेपाली कांग्रेसले इमान्दारिता पूर्ण गरेको र अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार रहेकोले धाँदलीरहित निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने बताए ।
नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताए ।

उनले आगामी दिनमा नेपाली कांग्रेस आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा लाग्ने बताए । उनले भने, ‘चुनावी माहोलमा देश होमिसकेको छ । कांग्रेसले नै अहिलेको सरकारको नेतृत्व गरिरहेकोले निर्वाचन अहिलेसम्म पनि निर्वाचन गराउने काममा इमान्दारिता निभाएको छ । अहिले पनि निर्वाचन निष्पक्ष हुनुपर्‍याे । धाँदलीरहित गराउनको लागि ग्यारेन्टी गराउनतर्फ सरकार लाग्नुपर्छ । दलहरुले पनि त्यही भावनाअनुसार अघि बढ्नुपर्छ ।’

उनले सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, आम नेपाली जनताले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा विशेष ध्यान दिनुपर्ने बताए । आगामी दिनमा नेपाली कांग्रेसले आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा पनि पार्टी अघि बढ्नेसमेत बताए ।’

नेता सिंहले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भएपनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासिन रहँदा आवश्यक कानून निर्माण नगरेको आरोप लगाए । उनले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानून निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको बिरोध गरिरहेको बताए ।

उनले कम्युनिष्ट पार्टीका सरकारले संघीय कानून समयमा नबनाइदिँदा संघीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महसुस गर्ने गरेर अघि बढाउन नसकेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?