यी स्थानमा पार्इन्छ सस्तो मूल्यमा सामान (मूल्य र स्थानसहित)

काठमाडाैं : दशैं र तिहारलगायत चाडपर्वलार्इ लक्षित गर्दै सरकारले हिजो (शुक्रबार) देखि देशका विभिन्न स्थानमा सूपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।

अघिल्ला बर्षहरूमा केही रूपैयाँमात्रै छुट पार्इने यी पसललहरूले यसपटक भारी छुटमा उपभोग्य बस्तुहरू बेच्दैछन् । निजी क्षेत्रलार्इ पनि सहभागी गरार्इ सञ्चालन गर्न लागिएका यस्ता पसलमा प्रतिलिटर तेलमै ३० रूपैयाँसम्म छुट पार्इन्छ । 

प्रतिकिलो दाल र चामलमा ३ रूपैयाँ, स्वदेशी तेल र घिउमा ३ रूपैयाँ र सरकारी उद्योगले उत्पादन गर्ने मसलामा १० रूपैयाँसम्म छुट पार्इने भएको छ । यस्तै, हाल बजारमा ७० रूपैयाँ हाराहारीमा बिक्री भर्इरहेको चिनी ५७ रूपैयाँ प्रतिकेजीमै पार्इने सरकारले जानकारी गराएको छ । 

नेपाल खाद्य संस्थानले सानो मन्सुली चामल ४० रूपैयाँ प्रतिकिलोमा बेच्ने भएको छ । जिरा मसिनो चाम ५५ रूपैयाँ, बास्मति चामल ८१ रूपैयाँ, गोरखनाथ चामल ३८ रूपैयाँ, जापानी चामल ७० र ७५ रूपैयाँमा बेच्न लागिएको संस्थानले जानकारी दिएको छ ।

यस्तै जुम्ली फापर ७० रूपैयाँ र सिमी १२० रूपैयाँ, नुन १८ रूपैयाँ तथा चिनीमा ५ रूपैयाँ छुट हुने भएको छ । 

दुग्ध विकास संस्थानले पनि घिउ प्रतिकलो ८५० रूपैयाँ र पनिर प्रतिकिलो ६१० रूपैयाँमा बिक्री गर्ने निर्णय गरेको छ । सरकारले उपत्यकाका १२ र उपत्यका बाहिरका २४ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गरेको छ ।

सुपथ मूल्य पसल रहेका स्थान र मूल्य :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?