प्रदेश १ को बैठकमा सहभागि हुन प्रचण्ड विराटनगर प्रस्थान

लोकपथ
21
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेश १ को बैठकमा सहभागि हुन विराटनगर प्रस्थान गरेका छन् ।

प्रदेश–१ का केन्द्रीय सदस्यसहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागि हुन प्रचण्ड आज बिहान साढे १० बजे विराटनगरका लागि हिडेँका हुन् । आगामी प्रदेश र संघको चुनाव लक्षित कार्यक्रममा सहभागि हुन प्रचण्ड विराटनगर प्रस्थान गरेका हुन् ।

प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहित सदस्यहरुको बैठक हुन लागेको बताइएको छ । चुनावको समिति घोषणा भएपछि प्रचण्ड प्रदेशलाई सक्रिय बनाउन आफै बैठकमा सहभागि हुन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?