यी हुन् नेपालको सबैभन्दा बढी व्यापार घाटा भएका १० राष्ट्र, कुनसँग कति छ घाटा ?

लोकपथ
117
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा नेपालको कुल वैदेशिक व्यापार १ खर्ब ४६ अर्ब ९ करोड ५७ लाख ६६ हजार रुपैयाँ रहेको छ ।

कुल वैदेशिक व्यापारमध्य नेपालले १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख ६६ हजार रुपैयाँको आयात र १४ अर्ब ८० करोड ९७ लाख रुपैयाँको निर्यात गरेको छ ।

भन्सार विभागका अनुसार नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेका १० देशमा भारत, चीन, इन्डोनेसिया, अर्जेन्टिना, बेल्जियम, युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, अष्ट्रेलिया, भियतनाम र सिंगापुर रहेका छन् ।

भारतसँग नेपालको व्यापार घाटा ६७ अर्ब ९४ करोड ७ लाख ३४ हजार रुपैयाँ रहेको छ । चीनसँग १८ अर्ब ७० करोड २६ लाख ८७ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।

विभागको तथ्यांक अनुसार गत साउन महिनामा इन्डोनेसियासँग ४ अर्ब ९४ करोड ८६ लाख ५७ हजार रुपैयाँ, अर्जेन्टिनासँग ४ अर्ब २१ करोड ६ लाख ४३ हजार रुपैयाँ, बेल्यिमसँग २ अर्ब ६७ करोड २८ लाख ३४ हजार रुपैयाँ र युएईसँग २ अर्ब ५० करोड ४६ लाख ९ हजार रुपैयाँ व्यापार घाटा रहेको छ ।

यस्तै, ओमानसँग २ अर्ब ९ करोड ९६ लाख २३ हजार रुपैयाँ, अष्ट्रेलियासँग १ अर्ब ४१ करोड २६ लाख ४२ हजार रुपैयाँ, भियतनामसँग १ अर्ब २१ करोड ६ लाख २० हजार रुपैयाँ र सिंगापुरसँग ९३ करोड १३ लाख २ हजार रुपैयाँ व्यापार घाटा रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?