कांग्रेसले देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दै

लोकपथ
63
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गरी आजदेखि देशैभर ‘जनताको साथमा कांग्रेस’ अभियान सुरु गर्दैछ । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै भदौ १० देखि २४ गतेसम्म कांग्रेसले अभियान चलाउन लागेको हो ।

अभियानका लागि कांग्रेसले यसअघि नै अभिमुखीकरण गरेर ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । यो अवधिमा केन्द्रीय प्रतिनिधिले जिल्लामा गई जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि लगायतको बैठक बोलाउने छन् । अभियानमा प्रदेश समिति र जिल्ला समितिले समेत मातहतमा प्रतिनिधि खटाउनेछन् ।

गठबन्धनमा सिट बाँडफाँट टुंगो लगाउने प्रयास भइरहेका बेला कांग्रेसले निर्वाचनलाई सफल र नतिजामुखीमा बनाउने उद्देश्यले पार्टीको ध्यान निर्वाचन केन्द्रित बनाएको हो । गठबन्धनको तालमेललाई प्रभावकारी बनाउने र परिणाम धेरै लिने कांग्रेसको रणनीति छ ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको कामको जानकारी गराउने र सत्तारुढ गठबन्धनका दलहरुबीच तालमेलको औचित्य पुष्टि गरिने कांग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?