काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल निर्वाचन आयोगको स्वेच्छाचारीताविरुद्ध अदालत जाने भएको छ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत् उक्त कुरा बताएका हुन् । निर्वाचन आयोगले चुनाव चिन्ह ‘गाई’ नदिएपछि राप्रपा नेपाल अदालत जान लागेको हो ।
‘कानुन अनुसार चुनाव चिन्ह छान्ने अधिकार राजनीतिक दलको हो । राप्रपा नेपालले पटकपटक ‘गाई’ चिन्ह अद्यावधिक गर्न दिएको निवेदनको उपेक्षा गर्नु र सर्वोच्च अदालतको अन्तरिम आदेशको समेत अवज्ञा गर्नुमा निर्वाचन आयोगको बदनियत देखिन्छ ।
आयोगको स्वेच्छारिताविरुद्ध न्यायको निम्ति हामी अदालत जानेछौ,’ अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया