असोजबाट चाँडपर्व लक्षित बजार अनुगमन हुने

लोकपथ
0
Shares

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले थप जनशक्तिसहित असोजदेखि चाँडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

हाल १० देखि १२ जनाको तीन टोलीले बजार अनुगमन गर्दै आएकोमा असोज पहिलो सातावाट थप जनशक्तिसहित अनुमगन गर्ने भएको हो । विभागका निर्देशक होमनाथ भट्टराईका अनुसार चाडपर्व लक्षित बजार अनुगमनका लागि बजेट तथा जनशक्ति ब्यवस्थापनका बारेमा गृहकार्य भइरहेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य विभागलाई नियमित चाडपर्व लक्षित बजार अनुगमनका लागि ६० लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । सो रकम निकासाका लागि विभागले मन्त्रालयलाई ताकेता गरेको छ ।

अघिल्लो वर्ष पनि असोज पहिलो साताबट सुरु भएको बजार अनुगमन गर्दा झन्डै ५ सय भन्दा बढी व्यावसायिक फर्मबाट ३५ लाख रुपैयाँ जरिवाना असुल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?