समानुपातिक निर्वाचनका लागि दलहरुले आयोगमा निवेदन दिँदै

लोकपथ
0
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ भाग लिन दलहरूलाई आजबाट निवेदन आह्वान गरेको छ ।

आयोगले शुक्रबारदेखि भदौ १२ गतेसम्म निवेदन दिइसक्न समय दिएको छ । प्रत्यक्षतर्फ दलका उम्मेदवारले मनोनयन दर्ता गरेजस्तै समानुपातिकतर्फ राजनीतिक दलको उम्मेदवार भइ मनोनयन दर्ताका लागि निवेदन दिन आयोगले समय दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?