नेकपा एसले भदौ २० भित्र उम्मेदवार टुंगो लगाउने

लोकपथ
39
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले भदौ १५ गतेभित्र प्रतिनिधिसभा र प्रदेश सभा उम्मेदवारको नामावली सिफारिस गर्ने समयसीमा तोकेको छ ।

आगामी मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि भदौ १५ भित्र उम्मेदवारको नाम सिफारिस गर्ने समयसीमा छुटाएको हो ।

सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र समन्वय समितिले भदौ १० भित्र जिल्ला कमिटीमा नाम सिफारिस गरिसक्नु पर्नेछ ।

उनका अनुसार क्षेत्रीय कमिटीले भदौ १० भित्र नाम सिफारिस गरेर जिल्लामा पठाएपछि जिल्ला कमिटीले भदौ १५ भित्र प्रदेश कमिटीलाई पठाइसक्ने गरी कार्यतालिका बनाइएको छ । प्रदेश कमिटीले भदौ १५ मा केन्द्रीय कार्यालयमा नामावली पठाएपछि भदौ २० मा सो पार्टीको केन्द्रीय कार्यालयले प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० उम्मेदवारको टुंगो लगाउने छ ।

यसरी टुंगो लगाइएका उम्मेदवारहरुलाई सत्तारुढ गठबन्धनको सिट बाँडफाँट अनुसार गठबन्धनबाट उम्मेदवार घोषणा गरिने उनको भनाइ छ । उनका अनुसार कतिपय जिल्लाबाट प्रतिनिधिसभा र प्रदेश सभाका लागि धमाधम उम्मदेवार सिफारिस गर्ने कार्य सुरु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?