२१ मङ्सिर २०८०, बिहीवार

उच्च अदालतका ९८ न्यायाधीशको एकैपटक सरुवा

२०७४,आश्विन,३१,मंगलवार ०१:३३

0
Shares

काठमाडौँ, ३१ असोज – न्याय परिषद्ले उच्च अदालतका ९८ न्यायाधीशको एकैपटक सरुवा गरेको छ । परिषद्को सोमबारको बैठकले नियमित सरुवाअन्तर्गत न्यायाधीशकै सरुवा गरेको हो । गत फागुनमा नियुक्ति भएका न्यायाधीशको पनि परिषद्ले सरुवा गरेको खबर गोरखापत्रमा छापिएको छ ।विशेष अदालत काठमाडौँका सदस्य पनि परिषद्ले हेरफेर गरेको छ । यस्तै राजस्व न्यायाधीकरण र वैदेशिक रोजगार न्यायाधीकरणमा पनि नयाँ सदस्य तोेकेको छ । न्याय परिषद् सचिव राजन भट्टराईले न्यायाधीश सरुवा भएको बताए । भट्टराईले नियमित प्रक्रियामा सरुवा भएको बताए ।विशेष अदालतको सदस्यमा बाबुराम रेग्मी, द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द, चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ, र नारायणप्रसाद पोखरेल तोकिएका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०१:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार

मंसिर २८ देखि २०औँ हस्तकला व्यापार मेला
 २०८०,मङ्सिर,२१,बिहीवार १८:४६
आँबुखैरेनी अस्पताल : जनशक्ति छ, उपकरण छैन
 २०८०,मङ्सिर,२१,बिहीवार १८:३६