हुण्डाईको ‘फेस्टिभ डिलाईट २०७८’ अफरको विजेताहरु घोषित

लोकपथ
52
Shares

काठमाडौं । हुण्डाईको फेस्टिभ डिलाईट २०७८ अफरको विजेताहरु घोषित भएका छन् । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको हुण्डाईको फेस्टिभ डिलाईट २०७८ अफरको बम्पर विजेताको नाम घोषणा गरेको हो ।

सो अफर अनुरुप हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाखसम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी, स्क्रयाच कार्डमार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहारअन्तर्गत लक्कि ड्रमार्फत १ जना विजेतालाई हुन्डाई १ सय २० जित्ने मौका थियो ।

हुण्डाईको फेस्टिभ डिलाईट २०७८ अफरको विजेताको घोषणा हिमालयन टिभीमा लाईभ लक्की ड्र मार्फत २०७९ भाद्र ९ गते आज(बिहीवार) गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथिमा कनज्यूमर आई नेपालकी अध्यक्ष बिमला खनाल रहेकी थिईन ।

हुण्डाईको फेस्टिभ डिलाईट २०७८ अफर अनुरुप बम्पर लक्की ड्रअन्तर्गत कुपन नम्बर १४७०, काठमाडौंका लोकेश बज्रचार्यले हुन्डाई १ सय २० जितेका छन् ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको छ र हुण्डाईको फेस्टिभ डिलाईट २०७८ अफर योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सेवा सुविधा प्रदान गर्ने लक्ष्य लिएको थियो । सो योजना २०७८ भाद्र २४ देखि कार्तिक ३० सम्म लागु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?