महालक्ष्मी बैंककाे ‘महा बचत खाता’ सार्वजनिक

लोकपथ
65
Shares

काठमाडौं ।  महालक्ष्मी विकास बैंकले उच्चतम व्याजदरको ‘महालक्ष्मी महा बचत खाता’ सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको महा बचत खातामा बचत खाताहरु मध्ये सबैभन्दा उच्चतम नौ प्रतिशत व्याजदर, नि:शुल्क एटिएम कार्ड तथा मोबाइल बैंकिङ्ग सुविधा प्रदान गरिने बैंकले जनाएको छ । न्यूनतम मौज्दात पाँच सय रुपैयाँमा खाता खोल्न सकिने यस बचत खातामा मासिक ब्याज भुक्तानी हुने छ ।

विगतदेखि नै ग्राहकहरुको आम्दानीमा उच्च प्रतिफल दिन प्रतिबद्ध रहिआएको बैंकले आम ग्राहकहरुको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई मध्यनजर गर्दै महालक्ष्मी महा बचत खाता सञ्चालनमा ल्याएको हो । देशैभर रहेका एक सय तीन वटा शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले प्रदेश नं १ मा पाँच, मधेश प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सूदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १ सय ३ वटा शाखाहरु मार्फत् करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरिय वित्तिय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दे आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?