बुबाको मुख हेर्ने दिनमा सानिमा बैंककाे विशेष छुट याेजना

लोकपथ
65
Shares

काठमाडौं । सानिमा बैंकले बुबाको मुख हेर्ने दिनको अवसरमा ग्राहकहरुलाई विशेष छुट दिने व्यवस्था मिलाएको छ । उक्त छुट ग्राहकहरुले रेडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ प्रालि (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा प्राप्त गर्न सक्ने बैंकले बताएको हो ।

सानिमा बैंकको डेविट तथा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) बाट साझेदारी मर्चेन्टहरुमा भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बताइएको छ । यसैगरी कुनै पनि मर्चेन्टमा ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्गबाट (क्यूआर कोड) बाट भुक्तानी गर्दा १० प्रतिशत अधिकतम एक सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ भाद्र ११ गते मात्र लागू हुने सानिमा बैंकले जनाएको छ ।

बैंकको देशका सातै प्रदेशमा १ सय २७ वटा शाखा कार्यालय तथा १ सय २० वटा एटिएम सञ्चालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको नायब प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?