४४ जना कलेजका विद्यार्थी कारबाहीमा

लोकपथ
234
Shares

काठमाडौं । विद्यार्थीहरुको सुरक्षा लक्षित विशेष चेकिङमा आज (बिहीवार) ४४ जना विद्यार्थी कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले केही दिनदेखि गर्दै आएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङमा आज ४४ जना विद्यार्थीसहित ४ सय १८ जना चालकहरू कारबाहीमा परेका हुन् ।

कारबाहीमा पर्नेहरुमध्ये मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने तीन जना विद्यार्थी, एक जना स्कुल बसका चालक र अन्य ७ जना चालक रहेका छन् ।

त्यस्तै, सवारी चालक अनुमती पत्र प्राप्त नगरी सवारी साधन चलाउने १६ जना, कागजपत्र साथमा नराखी सवारी सवारी साधन चलाउने १८ जना, मापसे गरी सवारी चलाउने ३ जना, तिब्र गतिमा सवारी साधन चलाउने १ जना र अन्य कसुरमा ६ जना विद्यार्थी चालकहरू कारबाहीमा परेका हुन् ।

सोही चेकिङका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने अन्य सवारी साधनका ३ सय ७४ जना चालकहरु पनि कारबाहीमा परेका छन् । जसमा बिहानै मादक पदार्थ सेवन गरी सवारी चलाउने ८ जना चालक रहेका छन् ।

जसमध्ये ख्वप बहुप्राविधिक अध्ययन संस्थान भक्तपुरको बा १ क ५४२८ नम्बरको बसका चालक १ जना समेत रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?