कोरोना अपडेट : २४ घण्टामा तीन जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाले ज्यान गुमाएका छन् । योसँगै हालसम्म देशभरमा कोरोनाबाट ज्यान गुमाउने संख्या ११ हजार ९ सय ९८ पुगेको छ ।

यस्तै, २४ घण्टामा गरिएको ४ हजार ९ सय ५४ परिक्षणबाट थप ४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये १ हजार ९ सय ९६ जनामा गरिएको आरटीपिसीआरबाट २ सय ११ तथा २ हजार ९ सय ५८ जनामा गरिएको एन्टीजेन परिक्षणबाट २ सय ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सो अवधीमा ३ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । त्यस्तै, ५ हजार ५ सय ९७ जनाले कोभिड विरुद्धको खोप लगाएको तथ्यांकमा उल्लेख गरिएको छ ।

हाल देशभरमा ४ हजार १ सय ९९ जना सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?