नक्सा देखाउँदै बालेनले भने ‘अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ?’

लोकपथ
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध रुपमा निर्माण गरिएका संरचना धमाधाम भत्काउन थालेको छ । बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा बनाइएको अवैध संरचना भत्काएको छ ।

अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन स्थलगत रुपमै महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) सहितको टोली बिहीबार बिहान शंखमूल र बानेश्वरमा पुगेको थियो । ३५ दिने सूचनाको अवधि सकिएपछि महानगरले स्थलगत निरीक्षण गरेको थियो ।

तर, सूचनाको अवज्ञा गरिएपछि अवैध संरचना नभत्काएको भन्दै बिहीबार अपरान्ह मेयर बालेनकै नेतृत्वमा गएको महानगरको टोलीले अल्फाबिटाको अवैध संरचना भत्काएको हो । बिहीबार बिहान अल्फाबिटाका प्रतिनिधिले दाबी गरिएको जस्तो वैध संरचना नरहेको पुष्टि गर्ने कागजात बोकेर मेयर बालेन डोजरसहित अल्फाबिटा पुगे ।

घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेको महानगर टोलीले अवैध संरचना भत्काएको हो । अल्फाबिटा कम्प्लेक्सको अवैध संरचना भत्काएर आफूले के बिराएँ भन्दै बालेनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

अल्फाबिटा कम्प्लेक्सका प्रतिनिधिले नक्सा मागेपछि आफू नक्सासहित पुगेर बनेका अवैध संरचना भत्काएको भन्दै बालेनले भने, ‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ ?

अवैध संरचना भत्काउन सबैलाई आग्रह गरेका बालेनले लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफैँ बुझेर अवैधानिक रुपमा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइ दिनुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?