गच्छादार भक्कानिँदै रुँदा बालुवाटारमा क- कसको खस्यो आँसु ?

काठमाडौं, ३१ असोज- एक दशक अघिसम्म कांग्रेसमा तीन दशक जीवन बिताएका विजयकुमार गच्छदारले सोमबार सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधिलगायतसँग भक्कानिँदै अंकमाल गरे र आइन्दा विगतको भूल नदोहोर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।०६४ माघ १८ गते बालुवाटारबाटै कांग्रेस छाडेको घोषणा गरेर हिँडेको स्मरण गर्दै उनले घुँक्कघुँक्क गर्दा वातावरण एकाएक भावुक हुन पुग्यो । प्रधानमन्त्री शेरबहादुर देउवालगायत कांग्रेसका अरू नेता पनि आँसु पुछ्न थाले । एकता घोषणा कार्यक्रममा देउवा र गच्छदारले हात मिलाउँदा दुवैको हात मिलाइदिने काम भने वरिष्ठ नेता पौडेलले गरे । एकता घोषणा भए पनि पद मिलानको घोषणा नभएको जानकारी दिँदै उनले लोकतन्त्र जोगाउन र कम्युनिस्टको एकछत्र हुन नदिन निःसर्त कांग्रेससँग एकीकरण गरेको बताए ।वामपन्थी गठबन्धनको उद्देश्य लोकतन्त्र सिध्याउनु रहेकाले कांग्रेससँग मिलेर लोकतन्त्र जोगाउने अभियानमा आफू प्रतिबद्ध रहेको उनले घोषणा गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?