एकीकृत समाजवादीको स्थापना दिवसमा गएनन् चार पूर्वमन्त्री, असन्तुष्टि बढ्दै

लोकपथ
0
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) मा चार मन्त्री फिर्ता प्रकरण भुसको आगोझैं झन्–झन् गढिँदै गएको पाइएको छ । पार्टीको पहिलो स्थापना दिवस कार्यक्रममा चार पूर्वमन्त्री उपस्थित नहुनुले यो प्रकरण अझै सेलाउन नसकेको देखिएको हो ।

एकीकृत समाजवादीले बिहीबार पहिलो स्थापना दिवस मनाएको छ । काठमाडौंमा पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पार्टीबाट मन्त्री भएका चार जना कतै देखिएनन् ।

पूर्वमन्त्री रामकुमारी झाँक्री, विरोध खतिवडा, प्रेम आले र किसान श्रेष्ठ स्थापना दिवस कार्यक्रममा सहभागि नभएका हुन् । उनीहरू कार्यक्रममा नदेखिनुको कारण मन्त्रीबाट हटाएपछिको असन्तुष्टि बुझिएको छ । झाँक्री पार्टी सचिवसमेत हुन् ।

एमालेबाट विद्रोह गरेर बनेको एकीकृत समाजवादीले गतवर्ष आजकै दिन पार्टी दर्ताको प्रमाणपत्र पाएको थियो । एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपाल र सम्मानित नेतामा झलनाथ खनाल छन् । सो पार्टीमा पदाधिकारी १७ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?