काठमाडौं । काठमाडौंको काँडाघारीबाट जुवातास खेलिरहेका आठ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-३२ काँडाघारी सूर्यमुखी चोक डेरा गरी बस्ने सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेको अवस्थामा लामासहित ८ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया