अवैध संरचना हटाउन मेयर शाह स्थलगत निरीक्षणमा निस्किए

लोकपथ
143
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनधिकृत रुपमा निर्माण गरिएका संरचना हटाउन स्थलगत रुपमै निरीक्षण गर्न थालेको छ । महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) सहितको टोली बिहीबार बिहान शंखमूल र बानेश्वरमा पुगेको छ ।

बानेश्वर र शंखमुल रोडमा अन्डरग्राउन्ड पार्किङ गर्नुपर्नेमा पार्किङ नगरी व्यवसायीहरुलाई भाडा दिएका ठाउँमा पनि बालेन पुगेका छन् । पार्किङका लागि नक्सा स्वीकृत गराएर अन्य प्रयोजनमा ल्याउने बेसमेन्ट, सेमी बेसमेन्ट र जमिन तलाका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) आफैँ फिल्डमा खटिएका हुन् ।

यसैगरी स्थलगत निरीक्षणका क्रममा महानगरका मेयर शाहले बुधबार सुन्धारा, नयाँ सडक र दरबारमार्ग पुगेका थिए । व्यवसायीहरुलाई घरबेटीलाई बेसमेन्ट पार्किङको लागि भन्दै घरबेटीलाई जानकारी गराउनुस भन्दै सटर लगाएर प्याकिङ गर्न निर्देशन दिएका छन् ।

अहिले मेयर बालेनसहित डीआईजी मिरा चौधरी शंखमुल वर्गर हाउसको अण्डरग्राउण्डको अवलोकनमा पुगेका छन् । अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको स्थानमा मेयर सहितको टोली पुगेको हो ।

यसअधि बुधबार सुन्धारास्थित काठमाडौँ मलको आसपासमा निर्माण भएका अनधिकृत रुपमा बनाइएको संरचनामा डोजर लगाएर भत्काइएको छ । त्यसैगरी प्रमुख साहको उपस्थितिमा न्यूरोडस्थित आरबी कम्प्लेक्सले बनाएका अनधिकृत संरचना पनि डोजर लगाएर भत्काइएको छ । बुधबार नै प्रमुख साहले दरबारमार्ग पुगेर अनधिकृत संरचना हटाउन निर्देशन दिएका थिए ।

काठमाडौं महानगरले यसअघि ३५ दिने सूचना जारी गरेको थियो । उक्त समयावधि बितिसक्दा पनि सम्बन्धित निकाय छलफलमा समेत नआएपछि यस किसिमको काम सुरु गरिएको काठमाडौं महानगरका मेयर शाहले बताएका छन् ।

त्यस्तै, महानगरपालिकाले बबरमहलमा रहेको जिल्ला अदालत काठमाडौँलाई नक्सा पास भएको विवरण पठाउन पत्राचार गरेको छ । अदालतलाई पत्र पठाउँदै काठमाडौं महानगरले नक्सा पास नभएको पाइए कानुनी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । बालेनसाग घर धनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?