युक्रेनले मनायो ३१औँ स्वतन्त्रता दिवस

लोकपथ
78
Shares

काठमाडौं । रुसी हमलाबीच युक्रेनले आफ्नो ३१औँ स्वतन्त्रता दिवस मनाएको छ । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएकोे सम्झनामा २४ अगष्टलाई युक्रेनले हरेक वर्ष स्वतन्त्रता दिवसका रूपमा मनाउने गरेको छ ।

स्वतन्त्र दिवसकै दिन रुसी सेनाले युक्रेनको एउटा यात्रुबहाक रेलमा मिसाइल हमला गरेको छ । नीपर नदीबाट करिब ६० माईल पूर्वमा रहेको चापलिन सहरमा रहेको यात्रुवाहक रेलमा रुसी रकेट प्रहार हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

स्वतन्त्रता दिवस मनाउँदै गर्दा रूसबाट थप आक्रमण हुनसक्ने भन्दै राष्ट्रपति जेलेन्स्कीले सर्वसाधारण नागरिकहरूलाई घरबाहिर निस्कन र जमघट गर्न प्रतिबन्ध लगाएका थिए ।

यसैबीच, मस्कोले किभमाथि हमला गरेको पनि ६ महिना पूरा भएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?