काठमाडौं ५ मा समाजवादीबाट पराजुलीको नाम सिफारिस

लोकपथ
416
Shares

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट उम्मेदवारको नाम सिफारिस गर्न थालेको छ ।

एकीकृत समाजवादीले बुधबार काठमाडौं क्षेत्र नम्बर ५ बाट संघीय सांसदको उम्मेदवारमा सुदेश पराजुलीको नाम सिफारिस गरेको छ । पराजुली एकीकृत समाजवादीको भ्रातृ संगठन अनेरास्ववियूका अध्यक्ष समेत हुन् ।

क्षेत्र नम्बर ५ का अध्यक्ष रामकृष्ण सेढाइँको अध्यक्षतामा बुधबार बसेको बैठकले पराजुलीसहित संघीय सांसदको रुपमा रामप्रसाद पोखरेलको समेत नाम सिफारिस भएको छ । यस्तै, प्रदेशतर्फ ५ (क) मा हरिभक्त श्रेष्ठ र कृष्णप्रसाद सापकोटाको नाम सिफारिस भएको छ भने (ख) मा रामकृष्ण सेढाइँ, दीपक केसी, बालकृष्ण कृष्ण, राजाराम भण्डारीलगायतको नाम सिफारिस रहेको छ ।

सत्ता गठबन्धनभित्र रहने भागबण्डामा समाजवादीले काठमाडौंका कम्तिमा २ संघीय क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गरेको छ । जसमा क्षेत्र नम्बर ५ मा समाजवादीको दाबी रहने पराजुलीले बताए ।

सोही क्षेत्रबाट यसअघि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल विजयी भएका थिए । यो पटक पनि पोखरेल नै एमालेको उम्मेदवार हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?