काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले सत्तारुढ गठबन्धनले राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने हल्ला फैलाएको आरोप लगाएका छन् ।
विभिन्न मिडियामा कांग्रेसका नेतालाई उद्वृत गर्दै राष्ट्रपति भण्डारीले नागरिकता विधेयकलाई लिएर राजीनामा दिने मनस्थिति बनाएको भन्ने समाचार आएपछि बास्कोटाले सामाजिक सञ्जाल मार्फत उक्त प्रतिक्रिया दिएका हुन् ।
‘राष्ट्रपतिको राजीनामाको होहल्ला परमादेशीले चाहेको कि दिए कति सजिलो हुन्थ्यो भन्ठानेको?,’ बास्कोटाले आज ट्वीटरमा लेखेका छन्, ‘नागरिकता हाम्रा नागरिकको नैसर्गिक हक हो, फुटपाथमा बेच्न राखेको ललीपप होईन ।’
उनले नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रिय सभामा सहमति गर्न सकिने समेत बताएका छन् । ‘सत्तापक्ष राष्ट्रिय सभाबाट सही सहमतिमा पुग्न तयार भए भैगो नि ! संसारका राष्ट्रपति देशहितका लागि लडेको इतिहास छ, भागेको छैन,’ उनले लेखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया