अस्पतालबाट कैदी भागेपछि अनाश्रीत गुल्म नख्खुका कार्यालय प्रमुख हटाइए

लोकपथ
45.4k
Shares

काठमाडौं । उपचारका क्रममा अस्पतालबाट कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रीत गुल्म नख्खुका कार्यालय प्रमुखलाई पदबाट हटाइएको छ ।

आँखामा झुसिल किरा परेर समस्या भएका कैदीलाई आज (बुधवार) फलो अपका लागि टिचिङ अस्पताल लिएर जाँदा भागेपछि प्रमुखलाई प्रमुखलाई जिम्मेवारीबाट हटाइएको हो । त्यस्तै, कैदीको सुरक्षामा खटिएका प्रहरीलाई आजैका मितिबाट नलम्बन गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले एक सूचना जारी गर्दै बताएको छ ।

जारी  सूचनामा  उपचारका क्रममा टिचिङ अस्पतालबाट फरार भएका रामेछाप पिल्पुङ्ग गाउँपालिका २ का भोला बुढाथोकी फरार भएको बारे छानबिन गर्न समितिसमेत गठन गरेको उल्लेख गरिएको छ ।

छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय समिति गठन भएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?