बैंक अफ काठमाण्डूले गर्यो किम्ची फास्टफुडसँग छुट सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

अब बैंक अफ काठमाण्डूका ग्राहकहरुले किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टबाट उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ ८ प्रतिशत छुट पाउने छन् । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।

किम्चीले सेवाग्राहीहरुलाई काठमाडौंको अनामनगरबाट गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ भने बैंक अफ काठमाण्डू लिमिटेडले हालसम्म १ सय ३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?