काठमाडौं । नेपालभरका किशोरकिशोरीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्दै र उनिहरुको प्रतिभा तथा उत्साहलाई प्रेरित गर्न आयोजना गरिएको ग्लोकल टिन हिरो नेपालको आठौं संस्करणमा डिशहोमले पार्टनरसिप गरेको छ ।
नेपालभरबाट विभिन्न विधाबाट सहभागी ६ सय ४८ किशोरकिशोरीहरुले आवेदन दिएकोमा ६ जना प्रतिस्पर्धी ग्लोकल टिन हिरो २०२२ को फाईनलमा पुगेका छन् ।
सेप्टेम्बर १, २०२२ मा काठमाडौंको सोल्टी होटलमा हुने सम्मेलन र अवार्ड कार्यक्रम मार्फत ग्लोकल टिन हिरो २०२२ नेपाल विजेताको नाम घोषणा गरिनेछ ।
वाई वाई ग्लोकल टिन हिरोका फाइनलमा शिक्षा प्राविधिबाट धनुषाका आशिष शाह, चलचित्र निर्माताबाट चितवनका विमर्ष पौडेल, महिला अधिकारका तर्फबाट मोरङ कि दर्शना रिजाल, इकोप्रेनेउरबाट अछामका निश्चल सिंह विष्ट, खगोल विज्ञानका तर्फबाट धनुषाका राहुल रञ्जन शाह तथा मोरङ कि सामाजिक कार्यकर्ता सृजना गौतमले स्थान बनाएका छन् ।