लोकपथ टप फिप्टिन : आक्रामक बन्दै बालेनदेखि तीजको दर खाँदा गाउँका एक सय बढी मानिस बिरामीसम्म (भिडियोसहित)

लोकपथ
0
Shares

१. काठमाडौंमा बनेका अवैध संरचनाविरुद्ध आक्रामक बन्दै महानगर, बुधबार काठमाडौं मल र आरबी कम्प्लेक्स अगाडी बनाइएका अवैध संरचना भत्काइयो, नियम मिचेर बनाइएका संरचना भत्काउन ३५ दिने अल्टिमेटम ।

२. प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता, आगामी निर्वाचन, नागरिकता विधेयक र मूल्यवृद्धिका विषयमा छलफल ।

३. नेकपा माओवादी केन्द्रले केही दिनभित्रै आगामी निर्वाचनमा कसरी जाने भन्ने बारे आधिकारिक धारणा सार्वजनिक गर्ने, कांग्रेसले भनेझैं अघिल्लो निर्वाचनको संख्यालाई आधार मानेर सिट बाँडफाँट गर्न नसकिने महासचिब देव गुरुङको भनाइ ।

४. न्याय निरूपणमा संघ, प्रदेश र स्थानीय तहको भूमिका उत्तिकै महत्वपूर्ण रहेको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, सुरक्षा निकायलाई अझै सबल तथा सुदृढ गर्न सरकार सदैव तयार रहेको उल्लेख ।

५. त्रिभुवन विश्वविद्यालयका उप–कुलपति बस्ने कुर्सीमा नेविसंघका विद्यार्थी नेताहरुले लगाइदिए जुत्ताको माला, गतवर्षकै प्रश्न हुबहु दोहो¥याएको बारे छानबिन समितिले बुझाएको प्रतिवेदन गुपचुप पारिएको आरोप ।

६. भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालाई विमानस्थलमै रोकियो, कुवेत हुँदै श्रमका लागि दुबई जान लागेको आशंका, अनुसन्धान हुँदै ।

७. गोरखामा तीजको दर खाएसँगै एकै गाउँका एक सयभन्दा बढी मानिस बिरामी, उपचारका लागि स्वास्थ्यकर्मीको टोली घर–घरमा, अधिकांश बिरामीको निजी क्लिनिकमा उपचार हुँदै ।

८. काठमाडौंमा मापसे गरी सवारी चलाउने चालकहरुमाथि प्रहरीले बढायो निगरानी, एकैदिन ३ जना एम्बुलेन्स र १ जना स्कुल बसका चालकसहित २२७ जना चालकमाथि कारवाही ।

९. आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामै एक खर्ब १६ अर्बभन्दा बढी वैदेशिक व्यापार घाटा, १ खर्ब ३१ अर्ब बढीको आयात हुँदा १४ अर्ब ८० करोडको वस्तु निर्यात ।

१०. नेपालमा पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ४ हजार २ सय ९८ पुग्यो ।

११. साताको चौथो कारोबारका दिन आज सेयर बजारमा सामान्य सुधार, नेप्से परिसूचक २.८७ अंकले बढ्दा १ अर्ब ५२ करोड बढीको कारोबार ।

१२. मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्षको जेल सजाय, स्वास्थ्य कोषको ४ करोड २० लाख रिङ्गिट दुरुपयोग गरेको ठहर ।

१३. जापानमा कोरोना संक्रमणले उग्र रुप लिँदै, एकैदिन २ लाखभन्दा बढीमा संक्रमण पुष्टि, ३२७ जनाको मृत्यु ।

१४. आज राती दुई ठूला क्लब बार्सिलोना र म्यान्चेस्टर सिटी भिड्दै, बार्सिलोनाको घरेलु मैदानमा हुने क्लब फ्रेन्डली खेल निकै रोमान्चक हुने अपेक्षा ।

१५. यू–२० एसिया कप छनोटका लागि प्रारम्भिक टोली घोषणा, स्यान्सु भुषालसहित सात नयाँ खेलाडी समावेश, फरवार्ड दिपेश राई भने अटाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?