आफ्नो सुरक्षामा खटिएका वर्तमान तथा पूर्वअधिकारीसँग राष्ट्रपतिको छलफल

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सुरक्षामा खटिएका वर्तमान र पूर्वसुरक्षा अधिकारीहरूसँग छलफल गरेकी छन् । राष्ट्रपति भण्डारीले उनीहरूलाई आज (बुधवार) शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् ।

नेपाली सेनाको परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले सुरक्षा निकायका अधिकारीसँग गरेको कुराकानीबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।

सुरक्षा स्रोतका अनुसार राष्ट्रपतिले उनिहरुलाई धन्यवाद दिएकी छन् । दोस्रो कार्यकालको अन्तिम चरणमा रहेकी राष्ट्रपति भण्डारीले पछिल्लो समय अन्य क्षेत्रका व्यक्तिहरुसँगको भेटवार्तामा तिव्रता दिएकी छन् ।

भण्डारी दोस्रो पटक २०७४ फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भएकी हुन् । उनको कार्यकाल सकिँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?