काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ ।
यो योजना अन्तर्गत भदौ महिना भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले एक लाख रुपैयाँसम्मको चिकित्सा सम्बन्धी बीमा, निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो वर्षको लागि), निःशुल्क मोबाइल बैंकिङ्ग (पहिलो वर्षको लागि) र ट्रयाङकुलिटी स्पाको विभिन्न सेवामा ५० प्रतिशत सम्म छुट (भदौ २०७९ महिनाका लागि) पाउन सक्ने छन् ।
बैंकका अनुसार यो योजनामा शर्तहरु लागुहुने भएकाले यसका योजनाका बारे थप जानकारीका लागि बैंकको नजिकैको शाखामा सम्पर्क गर्न सकिने छ । योजनोले नारीहरुको सम्मान गर्दै अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी, प्रिपेड डलर कार्ड , मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) लगायतका सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया