नेप्से परिसूचक सामान्य अंकले वृद्धि

लोकपथ
13
Shares

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको छ । बुधबार नेप्से सूचक २ दशमलव ८६ विन्दुले बढेर २ हजार ५७ दशमलव ८४ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स शून्य दशमलव ६ अंकले बढेको छ भने फ्लोट इण्डेक्स शून्य दशमलव १४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स शून्य दशमलव ५ अंक बढेको छ ।

बुधबार कारोबारमा आएका २ सय २३ कम्पनीको ३६ लाख ७९ हजार ७ सय ५ कित्ता शेयर १ अर्ब ५२ करोड ६१ लाख ८६ हजार २ सय १७ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएका छन् । जसमा ६ उपसमूहको सूचक भने नकारात्मक देखिएका छन् ।

बुधबार सामान्य अंकले नेप्से बढेसँगै मन्दाकिनी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, अपर हेवाखोला हाइड्रोपावरको ९ दशमलव ९९ प्रतिशत, रुरु जलविद्युतको ५ दशमलव ८६ प्रतिशत, अरुण कावेली हाइड्रोपावरको ५ दशमलव २५ प्रतिशतले बढेको छ ।

यता गोर्खाज फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै २ दशमलव ३६ प्रतिशतले घटेको छ । आजन अरुण काबेली हाइड्रोपावरको सबैभन्दा धेरै १६ करोड ९२ लाख रुपैयाँका शेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?