कांग्रेसद्वारा प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध

धनगढी । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रदेश ७ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । 

प्रदेश ७ को राजधानी गोदावरीलाई तोक्ने प्रदेश सरकारको निर्णयको विरोधमा कांग्रेसले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । 

शुक्रबार प्रदेशसभा बैठक शुरु हुनासाथ कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका हुन् । 

विपक्षीको अवरोधपछि प्रदेशसभा बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

‘सत्तारुढ दलको निर्णयका आधारमा प्रदेश राजधानी गोदावरीलाई तोक्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका हौँ’’ कांग्रेस सांसद कर्ण मल्लले भने । 

‘म पनि यो प्रदेशसभाको माननीय हुँ । तपाईको राय के छ भनेर सोधिएको छैन ।’

प्रदेश राजधानी तोक्ने निर्णयबारे सर्वपक्षीय, सार्वदलीय छलफलहरु गराएर सुझाव दिनुपर्ने कांग्रेसको माग भएको भन्दै सांसद मल्लले भने, ‘प्रदेश राजधानी कहाँ भन्ने तपशीलको विषय हो, निर्णय प्रक्रियामा आपत्ति हो ।’

विरोधका क्रममा सांसद मल्लले भने, ‘सकिन्छ भने प्रदेशसभाका ३६ वटै, नभए संघीय संसदको १६ वटा र यो पनि नभए ९ जिल्लाको सदरमुकाममा पुगेर सुझाव संकलन गर्नुपर्छ ।’
    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?