१४ मङ्सिर २०८०, बिहीवार

१३ वर्षमा बिहे, १६ वर्षमा सम्बन्धमा विच्छेद

२०७४,आश्विन,३१,मंगलवार ०१:२१

0
Shares

बागलु, ३१ असोह- जिल्लाको तमानखोला गाउँपालिका-१ का १३ वर्षीया सुनिता गोतामेले कक्षा ५ मा पढ्दापढ्दै बिहे गरिन् । आफ्नै फुपुले बुर्तिबाङ बजार जाउँ भनेर फकाई फुलाई ल्याएर तमान २ सिलगुमका किसान विकसँग बिहे गराइदिइन् । रमाइलो गरेर लाउँलाउँ खाउँखाउँ भन्ने बेला सुनिता उमेरको अपरिपक्वता, घर व्यवहार, त्यसमाथि सासू ससुराको दुव्र्यवहारले आजित हुँदै थिइन्, अन्नपूर्ण पोस्टमा खबर छ ।बिहे गरेको तीन वर्ष नबित्दै श्रीमान्ले अर्को बिहे गरेपछि त उनको रंगीन सपनाको यात्रामा पूर्णबिराम लाग्यो । सानैमा बिहे गरेका श्रीमान्ले अर्की श्रीमती ल्याएपछि अहिले उनले किसानसँग सम्बन्ध विच्छेद गरिन् । मंसिर मसान्तभित्र केटा पक्षले ३ लाख रुपैयाँ दिने सहमतिपछि उधारो सम्बन्ध बिच्छेद गरेको उनले बताइन् । अहिले १६ वर्षमा टेकेकी उनी छिटो बिहे गरेकोमा पछुतोमा छिन् । ‘बिहे र जीवनबारे केही थाहा थिएन, त्यस्तो बेलामा फकाएर जबरजस्ती बिहे गरिदिए’, माइतीमा बस्दै आएकी उनले आँखाभरि आँसु बनाउँदै भनिन्, ‘मेरो अब केही सपना रहर छैनन्, अब यिनै बा आमासँग दुखजिलो गरेर बाँच्छु, जिन्दगी जाने कुरामा कसैले पनि खेलवाड नगर्नुहोला ।’

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०१:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइ दिय सामचको सामचको ऐहा हो,

काठमाडौं— नेपालमा इन्टरभेनसनल रेडियोलोजीको अन्तर्राष्ट्रिय सम्मेलन ‘एनएसभीआईआर—२०२३’ हुने भएको छ । नेपाल सोसाइटी अफ इन्टरभेन्सन रेडियोलोजीको आयोजना नेपालमा पहिलोपटक आगामी

झापा। झापाको भद्रपुरस्थित मेची नदी किनारमा उदाउँदो सूर्यको पूजा,उपासना सँगै अर्घ दिएपछि छठ पर्व सकिएको छ । उदाउँदो सूर्यदेवको पूजा

काठमाडौं । तराईबासीको ठूलो पर्व छठ बितेका केही वर्षयता देशभर मनाउन थालिएको छ । तराई तथा पहाडी मूलका सबै ब्रतालूले

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८