कांग्रेस नेता सिटौलालाई कोरोना संक्रमण

लोकपथ
585
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलबार गरिएको परीक्षणमा नेता सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार हेम्स अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो, जसमा उनलाई कोरोना पुष्टि भएको नेविसंघका नेता सुशील भट्टले जानकारी दिए ।

भट्टले दिएको जानकारी अनुसार सिटौला अहिले होम आइसोलेसनमा रहेका छन्, भने आज नेता सिटौलालाई अस्पताल भर्ना गर्ने तयारी गरिएको छ ।

हाल नेता सिटौलाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?