किन गर्दैछन् डा. केसीले पत्रकार सम्मेलन ?

काठमाडौं ।  डा.गोविन्द केसीले चिकित्सा शिक्षा विधेयकका बारेमा आज पत्रकार सम्मेलन गर्ने भएका छन् । 

यसअघि सरकारले आफुसँग गरेको सहमति कार्यान्वयन नगरेको भन्दै राजधानीमा शुक्रवार उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । 

श्रोतका अनुसार डा.केसी आगामी कात्तिक १६ गतेदेखि १६ औं पटक  अनसन बस्ने तयारीमा छन् ।

शुक्रबार दिउँसो २ बजे त्रिवि शिक्षणा अस्पतालमा पत्रकार सम्मेलन गरेर चिकित्सा शिक्षा विधेयकका बारेमा सरकारले आफूसँग गरेको सहमतिका बारेमा जानकारी दिन लागेका हुन् । 

सहमति कार्यान्वयन नगरे कार्तिक १६ गतेदेखि १६ औँ अनसन बस्ने चेतावनी दिएका डा. केसीको रहेको छ । पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए १६ औं अनशन थाल्ने चेतावनी यसअघि नै दिइसकेका छन् ।  

सरकारले केसीले उठाउँदै आएको चिकित्सा शिक्षा सुधार सम्बन्धी अघि सारेका माग र प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा गठित चिकित्सा शिक्षा सम्बन्धी राष्ट्रिय नीति तर्जुमा उच्चस्तरीय कार्यदलको प्रतिवेदन २०७२ लाई कार्यान्वयन गर्ने सहमति गरेपछि केसीले आफ्नो १५ औं अनसन गत साउन १० गते तोडेका थिए । तर, संसदले उक्त विधेयक पास गरेको छैन । 
१५ औं पटक केसी २७ दिनका अनसन बसेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?