प्रधानमन्त्री देउवा भेट्न ओली बालुवाटारमा

लोकपथ
5.7k
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधबार (आज) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबीच भेटघाट भएको हो । भेटघाटका क्रममा आगामी निर्वाचनसहित नागरिकता विधेयक लगायत विभिन्न विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

भेटका क्रममा नागरिकता विधेयक, सत्यनिरुपण विधेयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एमालेबीच सहमति कायम हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवा प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?