१८ चैत्र २०७९, शनिवार

वाम गठबन्धनको चुनावी घोषणापत्र कांग्रेसविरुद्ध केन्द्रित

२०७४,आश्विन,३१,मंगलवार ०१:१८

0
Shares

काठमाडौं, ३१ असोज- एमाले-माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले-माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् । गठबन्धनले कांग्रेस नेतृत्वले अहिलेको संविधानको अन्तरवस्तु, मूलमर्म र भावनालाई आत्मसात् गर्न र सही ढंगले कार्यान्वयन गर्न नसक्ने भन्दै कांग्रेसमाथि चुनावी अभियानक्रममा आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेको खबर अन्नपूर्ण पोस्टमा छापिएको छ ।एमाले उपाध्यक्ष वामदेव गौतम, माओवादी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत दुवै पार्टीका नेता सम्मिलित कार्यदलले घोषणापत्रलाई अन्तिम रूप दिएको हो । कार्यदलले तयार पारेको घोषणापत्र पार्टी एकता संयोजन समितिले एकपटक अध्ययन गरेपछि सार्वजनिक गरिने नेताले बताएका छन् । ‘चुनावी घोषणापत्र तयार पार्ने काम करिब सकेका छौं,’ कार्यदलमा रहेका माओवादी वरिष्ठ नेता श्रेष्ठले भने, ‘अब छिट्टै दुवै पार्टीका अध्यक्षसहित नेताले हेरेपछि सार्वजनिक गर्छौं ।’

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०१:१८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

पश्चिमी वायुको प्रभावले वर्षा
 २०७९,चैत्र,१८,शनिवार १०:५२
सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८