उदयपुरको देउराली जंगलमा बम भेटियो

लोकपथ
0
Shares

उदयपुर । मदन भण्डारी लोकमार्ग अन्तर्गत चौदण्डीगढी नगरपालिका ३ बँदेलपानी र बेलका नगरपालिका ५ सुपाडे बीचमा पर्ने देउराली जंगलमा कार्टुनमा तार बाँधिएको अवस्थाको शंकास्पद वस्तु फेला परेको छ ।

नेत्रबिक्रम चन्द (विप्लब) नेतृत्वको नेकपालगायत ४ राजनीतिक पार्टीहरुले गरेको संयुक्त नेपाल बन्दमा शंकास्पद वस्तु बम फेला परेको हो ।

मदन भण्डारी लोकमार्गमै शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए । उनले सडक छेउमा विद्युतको तार जोडिएको कार्टुन भेटिएको जानकारी दिए ।

उक्त वस्तु के हो भन्ने बुझ्न र बम भए डिस्पोज गर्न नेपाली सेनाको डिस्पोजल टोलीलाई घट्नास्थलतर्फ पठाइएको छ। सडक छेउमा शंकास्पद वस्तु भेटिएको जानकारी आए लगतै नेपाली सेनाको बोक्सेस्थित गणबाट बम डिस्पोजल टोलीलाई घट्नास्थलतर्फ पठाएको फुयालले बताए ।

शंकास्पद वस्तुमा बम भए नभएको यकिन भएको छैन् । विप्लब नेतृत्वको नेकपाले ०७७ फागुन २१ गते तत्कालीन सरकारसँग गरेको तीन बुँदे सहमति कार्यान्वयन नगरेको, राष्ट्रघाति अमेरिकी सम्झौता मिलिनियम च्यालेन कर्पोरेशन (एमसीसी) पास गरेको तथा अमेरिकाकै स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपि) लागू गर्न खोजेको भन्दै अन्य तीन राजनीतिक दलहरुसँगको सहकार्यमा मंगलबार नेपाल बन्दको आव्हान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?