एजेन्सी : मानव शरीरमा आन्द्रा मष्तिष्कको निर्देशनबाट नचल्ने भएकाले यसलाई दोस्रो मष्तिष्क पनि भनिन्छ ।
आन्द्रामा ढाडको एक हाडमा हुने मसिना कोशिका( न्युरोन) भन्दा बढी न्यूरोन हुन्छन् ।
शरीरको केन्द्रिय तन्त्रिका प्रणालीबाट भिन्न तरिकाले आन्द्राले काम गर्छ ।
आन्द्राको जटिल कामले मानव शरीरलाई प्रभावित गर्छ । चिकित्सकहरूका अनुसार खाना पचाउनुका अतिरिक्त आन्द्राले अन्य केही काम गर्ने गर्छ ।
यसबारे चिकित्सकहरूले अनुसन्धान गरिरहेका छन् ।
आन्द्राले मष्तिष्कको रोग र शरीरको प्रतिरक्षा प्रणालीको रोगमा कसरी उपचारमा सहयोग गर्न सक्छ त्यसबारे अनुसन्धानकर्ताहरूको अनुसन्धानकेन्द्रित रहेको छ ।
आन्द्रा विज्ञ अस्टेलियाली चिकित्सक मेगन राशीले भनिन् “ मानव शरीरका बाँकी अंगहरू भन्दा भिन्न तरिकाले आन्द्राले एक्लै काम गर्छ । आन्द्रा प्रणाली अन्य प्रणालीबाट प्रभावित हुँदैन् ।
आन्द्रालाई मष्तिष्कबाट निर्देशन पाउन आवश्यक हुँदैन् ।”
राशीका अनुसार एक स्वस्थ्य मानिसले एक दिनमा तीन पटकदेखि सातामा तीन पटकसम्म मल त्याग गर्न सक्छ ।
आन्द्रामा अर्बौको संख्यामा माइक्रोब हुन्छन् । यो माइक्रोब शरीरलाई रोगाणुहरूबट जोगाउँछ ।
यसले शरीलाई ऊर्जा र भिटामिन दिने काम गर्छ ।
एक किसिमका खाना खानाले माक्रोब कमजोर हुन सक्ने भएकाले भिन्न किसिमका खाना खानुपर्छ ।
मानसिक तनावले आन्द्राको समस्या उत्पन्न गराउन सक्ने भएकाले मानसिक तनाव कम गर्न ध्यान गर्नु राम्रो भएको डा. राशीले बताइन् ।
राम्रो निद्रा माइक्रोबका लागि धेरै महत्वपूर्ण हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया