काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीले पक्राउ परेका विद्यार्थी नेता कार्यकर्ता रिहाईको माग गरेको छ । नेपाल बन्दको आह्वान गर्न सडकमा निस्किएका विद्यार्थी नेताहरुलाई प्रहरीले पक्राउ गरेपछि अध्यक्ष प्रकाश शाहीले एक विज्ञप्ति जारी गर्दै रिहा गर्न माग गरेका हुन् ।
विनासर्त आफ्ना विद्यार्थी नेता कार्यकर्ता रिहा गर्न शाहीले आग्रह गरेका छन् । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमती गरेपनि कार्यान्वयन नभएको भन्दै विप्लवसहित चार कम्युनिस्ट पार्टीले नेपाल बन्द गरेका थिए ।
विद्यार्थी संगठनले सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्न र शान्तिपूर्ण बन्दमा बिनाकारण देशैभरिबाट गिरफ्तार गरिएका सम्पूर्ण नेता कार्यकर्तालाई तत्काल रिहाई गर्न माग गरेको छ । सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत शीर्ष नेताहरुलाई सरकारले पक्राउ पूर्जी जारी गरेपछि विरोध गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया