गरिमा विकास बैंक र फोकसवान पेमेन्ट सोलुसनबीच भुक्तानी सेवा सम्बन्धी सम्झौता

लोकपथ
0
Shares

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.बीच भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । गरिमा विकास बैंकले भिजा कार्डबाट हुने विभिन्न बिल भुक्तानीहरुलाई थप सरल तथा ग्राहकमैत्री बनाउन फोकसवान पेमेन्ट सोलुसनस् प्रा.लि.द्धारा सञ्चालित मोको डिजिटल वालेटसँग सम्झौता गरेको हो ।

सम्झौतापत्र अनुसार विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो भिजा कार्ड, मोको डिजिटल वालेटमा लिंक गराई विभिन्न सेवाहरु जस्तैः मोबाइल टपअप, ईन्टरनेट/विद्युत/खानेपानीको बिल भुक्तानी, हवाइजहाजको टिकटको बिल भुक्तानीलगायतका सेवाहरु सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, मोको डिजिटल वालेटबाट नेपालभर १ हजार ५ सय भन्दाबढी मर्चेन्टहरुमा स्क्यान टु पे मार्फत सजिलै बिल भुक्तानी गर्न सकिनेछ । हाल, यस विकास बैंकले नेपालभर १ सय २० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमबाट सरल, सुलभ एवम् गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?