तीजमा सटिजन्स बैंकको उपहार, लकर सेवा शूल्कमा विशेष छुट

लोकपथ
0
Shares

काठमाडौं । विगत पन्ध्र बर्षदेखि अनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउँदैै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै हरितालिका तीज र भाद्र महिनामा पर्ने विभिन्न पर्वहरुको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरुको योजना सार्वजनिक गरेको छ ।

योजना अन्तर्गत बैंकले भाद्र महिनाभर लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरुको सुविधा ग्राहकहरुले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुनसुकै शाखाबाट पनि प्राप्त गर्न सक्नेछन् । यस सुविधाबापत ग्राहकहरुले आफ्ना अमूल्य गर–गहना, रत्न, वित्तीय वा कानुनी कागजात,महत्वपूर्ण प्रमाण पत्रहरु सजस्तै राहदानी, र अन्य मूल्यवान वस्तुहरू सहज र सुपत शूल्कमा सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्नेछन् । यसका साथै ग्राहकहरुको सहजताका लागि बैंकले निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्गजस्ता सेवाहरु धेरै पहिले देखिनै प्रदान गर्दे आइरहेको छ ।

आफ्ना ग्राहकहरुको वित्तीय आवश्यकताहरु सुरक्षित तवरले प्रदान गर्ने अभिप्रायका साथ यसअघि नै बैंकले कियोस्क, ई.के.वाई.सी तथा नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरिसकेको छ । साथै, यस बैंकका ग्राहकहरुको बैंकसम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटोभन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्देश्यले ग्राहक सहायता केन्द्रको समेत स्थापना गरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभइ ०१–५९७००६८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । बैंकले हाल देशैभर फैलिएका आफ्ना १ सय ८० वटा शाखा, १ सय ३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?