को हुन् विश्वप्रकाशलाई स्ट्याटस लेख्न बाध्य बनाउने युवा ?

लोकपथ
1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले व्यक्तिगत रुपमा नकारात्मक आलोचना र टिकाटिप्पणी नगर्न आग्रह गरेका छन् ।

उनले कोहीकसैले नेतृत्वको समर्थन या सार्वजनिक प्रशंसा गर्ने तर, पार्टीकै अग्रजलाई होच्याउने गरि टिप्पणी गर्ने प्रवृत्ति सुसंस्कृत चरित्र नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महामन्त्री शर्माले पार्टीका केही अग्रजकाबारे बेलाबेला अप्रीतिकर ढंगको टिप्पणी भइरहेको भन्दै सकारात्मक रुपले ग्रहण गर्ने प्रवृत्ति देखाउनसमेत आग्रह गरेका हुन् ।

उनले आफ्नो गृह जिल्ला झापाबाट एक युवाले पक्षधरता प्रकट गर्ने विषयलाई सकारात्मक रूपमा ग्रहण गर्न नसकेको उल्लेख गरेका छन् । उनले त्यस्तो प्रवृत्ति नराख्न बारम्बार सम्झाउँदा पनि आलोचना र होच्याउने प्रवृत्ति नरोकिएको जनाएका छन् । बारम्बार चेतावनी दिँदापनि रुपान्तरण नभएकाले स्टाटस लेख्न बाध्य भएको शर्माले भनेका छन् ।

उनले भनेका छन् ‘कसैले मेरो आलोचना गर्न चाहँदा संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताका कारण म त्यसलाई स्वागत गर्दछु तर, मेरो निकट रहेको कसैले पनि अरु कसैलाई स्वस्थ आलोचना भन्दा पर नकारात्मक टिप्पणी गर्दा म त्यसलाई ठाडै अस्वीकार गर्दछु । यो आचारसंहितामा म दृढ छु, यो अनुशासन पालना नगर्ने व्यक्तिलाई निकटताबाट बिदाइ गर्नु मेरो नियमित दायित्व हुन्छ ।’

उनले ती युवा गत बर्षको मंसिरयता कुनै निकट जिम्मेवारीमा नरहेको समेत प्रस्ट्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?