१८ चैत्र २०७९, शनिवार

देउवासँग फोटो खिचाउने कांग्रेस नेता ८८ किलो सुन तस्करीका एजेन्ट

२०७४,आश्विन,३१,मंगलवार ०१:०९

0
Shares

काठमाडौं, ३१ असोज- प्रहरीले बरामद गरेको ८८ किलो सुन प्रकरणमा कांग्रेस नेता मानबहादुर तामाङ मुछिएका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले कांग्रेस नेता एवं नेपाल-चीन केरुङ व्यापार संघका अध्यक्ष मानबहादुर तामाङलाई सोमबार स्वयम्भूबाट पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको हो ।महाशाखाका अनुसार प्रहरी अनुसन्धानक्रममा तामाङले चीनदेखि रसुवाको केरुङ नाकासम्म सुन ल्याउन सहयोगी भूमिका खेलेको पाइएको छ । चिनियाँ नागरिक वान विई मिङसँग मिलेर तामाङले काठमाडौंमा रहेका व्यापारीसँग सुन तस्करीको ‘सेटिङ’ मिलाउँदै आएको अनुसन्धानबाट खुलेको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।उच्च स्रोतका अनुसार चिनियाँ व्यापारीसँग तामाङले होटल र ट्रान्सपोर्टमा संयुक्त लगानी गरेका थिए । ‘चीनबाट सुन ल्याउन मिङ र तामाङले भन्सारमा सेटिङ मिलाउने गरेको र अनुसन्धानक्रममा उनीहरूबीच पटक-पटक फोन संवाद भएको खुलेपछि पक्राउ गरिएको हो,’ एक अनुसन्धान अधिकृतले भने, ‘क्षेत्रपाटीमा सुन बरामद भएको भोलिपल्ट मिङको फोनको लोकेसन नेपालस्थित चिनियाँ दूतावास परिसरसम्म देखिन्छ । त्यसपछि उनी कता गए खुलेको छैन ।’दुई महिनाअगाडि तामाङले केरुङबाट सामान बोक्न १० वटा ट्रक खरिद गरेका थिए । चिनियाँ व्यापारीका विश्वासपात्र उनले ट्रक खरिद गरी आफन्तको नाममा राखेका थिए । केरुङ नाका खोलेसँगै केरुङ व्यापार संघका अध्यक्ष भएका उनी उक्त पद प्राप्त गर्नु अघिसम्म सामान्य व्यापारी थिए । अध्यक्ष भएपछि उनको जीवनस्तर एकाएक उकासिएको थियो । स्वयम्भूमा ट्राभल, कार्गोलगायत व्यवसाय सञ्चालन गरेका उनी पछिल्लो समयमा केरुङ कमै मात्र जान्थे ।फरक-फरक नम्बर बोक्दै आएका तामाङले काठमाडौंबाटै केरुङमा आफ्ना सहयोगी परिचालित गर्दै आएका थिए ।८८ किलो सुन बरामद भएयता आफूलाई प्रहरीले शंकाको घेरामा राखेको जानकारी पाएपछि उनी काठमाडौंमै लुकिछिपी बस्दै आएका थिए । स्रोतका अनुसार ८८ किलो सुन आयात भएपछि पनि उनी एकपटक चीन पुगेका थिए । त्यस क्रममा गत सेप्टेम्बर २४ मा उनले नेपाल चीन केरुङ व्यापार संघ र चीनको छेङ्दुमा रहेको सुइनिङ चेम्बर अफ कमर्ससँग भगिनी सम्बन्ध स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । उक्त पत्रमा सुइनिङका तर्फबाट अध्यक्ष मी वाङले हस्ताक्षर गरेका थिए । चीन पुग्ने बेलामा उनले चिनियाँ नागरिक मिङसँग भेटेका थिए । रसुवामा मिङ र तामाङको पटक-पटक भेट हुने गरेको प्रहरी स्रोत बताउँछ ।तामाङलाई कांग्रेसले रसुवा क्षेत्र १ बाट प्रदेशसभा चुनावका लागि समानुपातिकमा सिफारिस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग तीन साताअगाडि सँगै खिचाएको फोटोसमेत उनले आफ्नो फेसबुकमा राखेका छन् ।भदौ १९ गते क्षेत्रपाटीबाट गाडीभित्र ‘कन्सिल्ड’ ८८ किलो सुनसहित प्रहरीले चालक मनोज अधिकारीलाई मात्रै पक्राउ गरेको थियो । महाशाखाले मिङसँग कनेक्सन रहेको दाबी गर्दै पाँच सुन व्यवसायीलाई पक्रेको थियो । तत्कालीन समयमा कार्यविनायक सुनचाँदी गहना पसल न्युरोडका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बांगेमुडाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी खार्नी न्युरोडका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी खार्नी पसल न्युरोडका नन्दकुमार पक्राउ परेका थिए । पक्राउ परेका पाँच व्यवसायीले समेत तामाङको भूमिकाबारे प्रहरीमा खुलाएका छन् ।भदौ १९ गते पक्राउ परेका चालक अधिकारीसँग कांग्रेस नेता तामाङको समेत फोन कनेक्सन देखिएको छ । सुन काठमाडौं पठाउने स्रोतव्यक्तिको अनुसन्धान गर्दै जाँदा तामाङको संलग्नता खुलेपछि पक्राउ गरिएको जानकारी महाशाखा प्रमुख एसएसपी दिवेश लोहनीले दिए ।

प्रकाशित मिति: २०७४,आश्विन,३१,मंगलवार ०१:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौ उपत्यकामा विभिन्न जीवन्त संस्कृतिहरु छन् जसले यहाँको सभ्यता र परम्परालाई दर्शाउँछ। भिन्न-भिन्न चाडपर्व मनाउँदै प्राकृतिक पक्षलाई पनि आत्मसात गर्दै

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा पछिल्लो ८ महिनाको अवधिमा २३ लाख बढी आन्तरिक राजश्व संकलन भएको छ । गाउँपालिकाले सार्वजनिक

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

ताजा समाचार

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज
 २०७९,चैत्र,१७,शुक्रवार २१:१३
फेरि बढ्यो कोरोना सङ्क्रमण
 २०७९,चैत्र,१७,शुक्रवार २०:१८