निक्षेप खाताको संख्या चार करोड ४९ लाख पुग्दा कर्जा खाताको संख्या कति ?

लोकपथ
70
Shares

काठमाडौं । बैंकिङ क्षेत्रमा कुल निक्षेप खाताको संंख्या चार करोड नाघेको छ । नेपाली बैंकिङ क्षेत्रमा हाल २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा फाईनान्स कम्पनी र ६५ वटा लघुवित्त वित्तीय संस्थासहितका एक सय २५ वटा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । सो मध्ये लघुवित्त वित्तीय संस्था बाहेकका बैंक तथा फाईनान्स कम्पनीहरुमा २०७९ असार मसान्तसम्ममा कायम रहेको कुल निक्षेप खाताको संख्या चार करोड ४९ लाख ७१ हजार ९ सय ६९ पुगेको छ । बैंकिङ क्षेत्रमा कायम रहेको यो निक्षेप खाताको संख्या भनेको नेपालको कुल जनसंख्या भन्दा झण्डै एक करोडले बढी हो ।

राष्ट्र बैंकका अनुसार बैंकिङ क्षेत्रमा हाल कायम रहेको कुल निक्षेप खाता मध्येमा २६ वटा वाणिज्य बैंकहरुमा मात्र कुल तीन करोड ८८ लाख ९२ हजार पाँच सय ३२ वटा निक्षेप खाता सञ्चालनमा रहेका छन् भने विकास बैंकहरुमा ५४ लाख ३५ हजार ३५ वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका छन् । यस अवधिमा फाईनान्स कम्पनीहरुमा कुल छ लाख ४३ हजार चार सय दुई वटा निक्षेप खाताहरु सञ्चालनमा रहेका छन् ।

असार मसान्तसम्ममा बैंकिङ क्षेत्रमा कायम रहेको कुल कर्जा खाताको संख्या भने १८ लाख ९२ हजार ४४ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका छन् । जसमध्ये वाणिज्य बैंकहरुमा मात्र सञ्चालनमा रहेको कर्जा खाताको संख्या १४ लाख ९१ हजार सात सय ६७ वटा रहेको छ भने विकास बैंकहरुमा दुई लाख ९५ हजार छ सय ९२ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका छन् । यसैगरी, फाईनान्स कम्पनीहरुमा भने ४१ हजार पाँच सय ८५ वटा कर्जा खाताहरु सञ्चालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?