महानगरको फोहोर व्यवस्थापन गर्न सांसद सम्मिलित अनुगमन समिति गठन

लोकपथ
91
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर व्यवस्थापनमा सहजीकरण गर्ने गरी सहजीकरण तथा अनुमगन समिति बनाउने निर्णय भएको छ । सहरी विकास मन्त्री मेटमणि चौधरीको समन्वयमा सोमबार बसेको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

समितिमा काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू समेत सम्मिलित रहने छन् । समिति गठनबारे जानकारी दिँदै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जाल फेसबुकमा अब पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको बताएका छन् । उनले फोहोर व्यवस्थापनका सन्दर्भमा महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेको पनि जानकारी दिएका छन् ।

यसबाहेक संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन सकोस् र दीर्घकालीन हल खोज्न उनले आग्रह पनि गरेका छन् । समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तीनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?