फोहोर व्यवस्थापनमा सहजीकरण र अनुगमन आवश्यक छ : गगन थापा

लोकपथ
13
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौंको फोहोर व्यवस्थापनका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक भएको बताएका छन् । फोहार व्यवस्थापनमा चुनौती र समस्या भइरहेका बेला उनले केही दिनदेखि काठमाडौँको फोहोर उठ्न थालेको बताउँदै पुनः समस्या नबल्झियोस् भन्नका लागि निरन्तर सहजीकरण र अनुगमन आवश्यक रहेको उल्लेख गरे ।

उनले फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले गर्नुपर्ने काम निरन्तर गरिरहेकोसमेत उल्लेख गरे ।
सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै महामन्त्री थापाले संघीय सरकारले गर्नुपर्ने काम तोकिएकै समयमा हुन् सकोस् र दीर्घकालीन हल खोज्न सकियोस् भन्नका लागि सोमबार सहरी विकास मन्त्रीको समन्वयमा बैठक बसेकोसमेत बताए ।

बैठकले काठमाडौँ, नुवाकोट र धादिङका प्रतिनिधिसभा सदस्यहरू सम्मिलित सहजीकरण तथा अनुगमन समिति बनाउने निर्णय गरेको उनले जानकारी दिए । समितिले सम्झौता बमोजिमका कामहरू समयमा गर्न तिनै तहका सरकार र निकायहरूसँग समन्वय र सहजीकरण गर्ने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?