यस्ता छन् रवि लामिछानेको पार्टीका पदाधिकारी

लोकपथ
0
Shares

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पदाधिकारीहरु नियुक्त गरेको छ । सो पार्टीको सोमबार बसेको केन्द्रीय समिति बैठकले डोलप्रसाद अर्याललाई उपसभापति, मुकुल ढकाललाई महामन्त्री, कविन्द्र बुर्लाकोटीलाई सह–महामन्त्री र बसुमाया तामाङलाई सह–कोषाध्यक्षमा नियुक्त गरेको छ ।

बैठकले आगामी निर्वाचन प्रयोजनका लागि केन्द्रीय सदस्य विपिन आचार्यको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको छ भने उम्मेदवार घोषणा गरेका स्वतन्त्र व्यक्तिहरुसँग छलफल गर्नका लागि गणेश पराजुलीको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ ।

उता, बेथितिविरुद्ध खबरदारी गर्ने उद्देश्यले केन्द्रीय सदस्य सोविता गौतमको संयोजकत्वमा र्‍यापिड एक्सन टिम गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?