नेकपा एमालेको चुनाव केन्द्रित बैठक आजबाट सुरु

लोकपथ
0
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निर्वाचनको तयारी तथा रणनीति बनाउन केन्द्रीय तहकाे बैठक आजबाट सुरु हुने भएको छ । मंगलबार स्थायी कमिटी बैठक बोलाएको नेकपा एमालेले भदौ ९ गते पोलिटब्यूरो र १० तथा ११ गते केन्द्रीय कमिटी बैठक आव्हान गरिसकेको छ ।

आज बिहान ११ बजेदेखि सुरू हुने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेकाे हाे । सो बैठकले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि पार्टीका घोषणापत्र, चुनावी रणनीति तथा अन्य तयारीलगायतको बिषयमा छलफल गर्नेछ ।

त्यस्तै, एमालेले निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न आवश्यक मापदण्ड तोक्ने भएको छ । ‘स्थायी कमिटीले केन्द्रीय कमिटी बैठकमा छलफल र पास गर्ने प्रस्ताव तय गर्छ । त्यसमा उम्मेदवारको मापदण्डबारे छलफल गर्छ’, एमाले केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले भने, ‘त्यसबाहेक सांगठनिक विषयमा समेत छलफल हुन्छ ।’ आन्तरिक तयारी पूरा गरेर निर्वाचनमा होमिने योजनामा रहेको एमालेले निर्वाचन केन्द्रीत छलफल गर्न स्थायी कमिटी बैठक डाकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?